टाइगर कप भलिबलः आर्मीलाई पराजित गर्दै पुलिस तेस्रो
पाेखरा | माघ १४, २०७९
Photo Sudarshan Ranjeet
पोखराः पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब तेस्रो भएको छ ।
पोखरा रंगशालामा तेस्रो स्थानको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो ।
नेपाल पुलिस क्लबले पहिलो सेट २२-२५ ले गुमाएको थियो । दोस्रो सेटबाट उत्कृष्ट पूनरागमन गर्दै नेपाल पुलिस क्लबले २५-१८, २५-२१ र २५-२० ले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो भएको हो । आर्मी गतवर्षको विजेता टोली हो ।

आज नै महिला तथा पुरुष तर्फको फाइनल खेल हुनेछ । महिला तर्फ नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच केही समयमा फाइनल खेल सञ्चालन हुनेछ ।
यस्तै पुरुष तर्फ आयोजक गण्डकी प्रदेश र नेपाल एपिएफ क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
महिला/पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई रु ५/५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन ।
यस्तै महिलातर्फ तेस्रो भएको होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लबले १ लाख २५ हजार र सान्त्वना भएको गण्डकी प्रदेशले ६५ हजार र पुरुष तर्फ तेस्रो भएको नेपाल पुलिस क्लबले १ लाख २५ हजार सान्त्वना भएको त्रिभुवन आर्मी क्लबले ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ । पर्यटक...
पोखरा । उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

